दफा ४६
जरिबाना बापत कैद गर्न सकिने

(१) कुनै कसूरदारलाई तोकिएको जरिबाना निजको सम्पत्तिबाट असूल उपर गरिनेछ। निजको कुनैसम्पत्ति नभएमा वा त्यसरी जरिबाना बापतको रकम निजबाट असूल उपर हुन नसकेमा निजलाई कैद गर्न सकिनेछ।
(२) उपदफा (१) बमोजिम कैद निर्धारण गर्दा देहाय बमोजिम गर्नु पर्नेछः–
(क) कैद र जरिबाना दुवै सजाय हुने ठहर भएको कसूरमा जरिबाना नतिरे बापतकोकैद निर्धारण गर्र्दा दश वर्षभन्दा बढी नहुने गरी कैद गर्नु पर्नेछ ।
(ख) कैद वा जरिबानामध्ये कुनै वा दुवै सजाय हुन सक्ने कसूरमा जरिबाना मात्रको सजाय भई त्यस्तो जरिबानानतिरे बापतको कैद निर्धारण गर्दा त्यस्तोे कसूरमा हुन सक्ने कैदको उपल्लो हदको आधाभन्दा बढी नहुनेगरी कैद गर्नु पर्नेछ ।
(ग) जरिबाना मात्र सजाय हुने कसूरमा जरिबानाको सजाय भई सो नतिरे बापत कैद निर्धारण गर्दा दुई वर्षभन्दा बढी नहुने गरी कैद गर्नु पर्नेछ ।
(३) उपदफा (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि अठार वर्ष उमेर नपुगेको बालबालिकाको हकमा जरिबाना बापत कैदगर्दा देहाय बमोजिम गर्नु पर्नेछः–
(क) जरिबाना मात्र हुने वा कैद वा जरिबानामध्ये कुनै एक सजाय हुने कसूरमा जरिबाना नतिरेकोमा कैद नगरीजरिबाना मिनाह गर्नु पर्नेछ ।
(ख) कैद वा जरिबाना वा दुवै सजाय हुने कसूरमा जरिबाना मात्र सजाय भएकोमा त्यस्तो जरिबाना नतिरे बापत कैद निर्धारण गर्नु पर्दा तीन महिनाभन्दा बढी नहुने गरी कैद गर्नु पर्नेछ।
(ग) चौध वर्ष उमेर पुगेको तर अठार वर्षभन्दा कम उमेर भएको व्यक्तिलाई उपदफा (२) बमोजिम कैद निर्धारणगर्र्दा अठार वर्ष उमेर पुगेको व्यक्तिलाई गर्नुु पर्ने कैद सजायको आधाभन्दा बढी नहुने गरी कैदगर्नु पर्नेछ ।